थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १७:१८
file-photo

काठमाडौं । देशभर थप ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनामा गरिएको नमूना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो समयावधिमा १०३ जना संक्रमणमुक्र भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर १ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् ।