समाचार

दिपक सिंहले दिए प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट उम्मेदवारी

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दीपक बहादुर सिंहले मकवानपुर क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर– २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गएको स्थानीय तहको...

मकवानपुरमा मनोनयन दर्ताको लागि आवश्यक तयारी पूरा

मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । मकवानपुरमा मनोनयन दर्ताको लागि आवश्यक तयारी पूरा भएको प्रतिनिधि सभा क्षेत्र नम्वर १ का मुख्य...

घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले आज विहान पत्रकार सम्मेलनमार्फत् प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका हुन्...

सिस्नेरी–दक्षिणकालिका सडकखण्ड अवरुद्ध

मकवानपुर । मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ सिस्नेरीमा गएराति आएको पहिरोका कारण उक्त सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिहरुले हटाउने प्रयास भइरहेको छ । ठूलो...

मनोनयनपत्र दर्ता गर्दा के–के कागजात चाहिन्छ ?

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मनोनयन पत्र आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । मनोनयन दर्ताका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश...

उम्मेदवारी दर्ता गर्दा धरौटी रकम कति राख्नुपर्छ ?

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मनोनयन पत्र आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका लागि १० हजार रुपैयाँ र प्रदेश सभा सदस्यको लागि ५...

समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ...

मकवानपुरमा कुन दलले कति बजे गर्दैछन् उम्मेदवारी दर्ता ?

मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दलहरुको लागि समय निर्धारण गरिएको छ । निर्वाचन अधिकृतको कार्यलय बागमती प्रदेश, हेटौंडाले दलहरुका लागी समय निर्धाण गरिएको जनाएको छ । शनिवार निर्वाचन अधिकृतको कार्यलयमा भएको सर्वदलीय बैठकले समय निर्धारण...

आज कोजाग्रत पूर्णिमा

काठमाडौं । आज बडादसैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५...