उम्मेदवारी दर्ता गर्दा धरौटी रकम कति राख्नुपर्छ ?

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार ०९:२६
file-photo

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मनोनयन पत्र आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका लागि १० हजार रुपैयाँ र प्रदेश सभा सदस्यको लागि ५ हजार रुपैयाँ धरौटी राख्नु पर्नेछ । तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने, कुनै उम्मेदवारको दुई वटा मनोनयनपत्र दाखिला भएको अवस्थामा एउटा मनोनयनपत्रको लागि मात्र धरौटी राख्नु पर्ने आयोगले जनाएको छ ।