दिपक सिंहले दिए प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट उम्मेदवारी

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार १३:०६

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दीपक बहादुर सिंहले मकवानपुर क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर– २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

गएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चा बटुलेका सिंहले प्रतिनिधि सभामा उम्मेदवारी दिएका हुन् ।