मकवानपुरमा मनोनयन दर्ताको लागि आवश्यक तयारी पूरा

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार १०:४८

मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो ।

मकवानपुरमा मनोनयन दर्ताको लागि आवश्यक तयारी पूरा भएको प्रतिनिधि सभा क्षेत्र नम्वर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

आइतबार विहान १० बजेदेखि  उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको भएपनि हालसम्म कुनै पनि राजनितीक दलले मनोनयन दर्ता नगराएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिए । उनका अनुसार, मनोनयन दर्ता साँझ ५ बजेसम्म संचालन हुनेछ ।

दलहरुको सहमती अनुसार नै सत्तारुढ गठबन्धनको प्रमुख पार्टी नेपाली कांग्रेसका लागि उम्मेदावरी दर्ताको समय साँढे ३ बजे निर्धारण गरिएको छ ।