समाचार
मकवानपुरमा प्रतिनिधि सभातर्फ २६ जनाको मनोनयन दर्ता
मकवानपुर । मकवानपुरमा प्रतिनिधि सभातर्फ दुई क्षेत्रका लागि दल र स्वतन्त्र गरी २६ जनाले मनोनयन दर्ता गराएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तरगत मकवानपुरमा २६ जनाले प्रतिनिधि सभातर्फ मनोनयन दर्ता गराएका हुन् । जिल्लामा क्षेत्र नम्वर १ बाट प्रतिनिधि...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । हाल प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो...
संविधानको रक्षाका लागि गठबन्धन गरेका हौँः इन्द्रबहादुर बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् व्यवस्थाको स्थायीत्वको लागि आसन्न निर्वाचनमा गठबन्धन गरेर चुनावमा जान लागेको बताएका छन् । मकवानपुर क्षेत्र नम्वर–२ को प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गरेपश्चात पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बानियाँले दीगो विकास, आर्थिक समुन्नती, जनताको...
राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विभिन्न ३ विधेयक प्रमाणीकरण गरेकी छन् । संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण भएका विधेयकमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक व्यवस्थापनसम्बन्धी कनुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र...
रामकुमारी झाँक्रीले दिइन् उम्मेदवारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । झाँक्रीले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएकी हुन् । उनले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टसँग प्रतिस्पर्धा...
मकवानपुरमा डेंगु संक्रमितको संख्या ३३५८ जना पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ३ हजार ३५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ जनामा संक्रमण पुष्टि भएसँगै डेंगु संक्रमितको कुल संख्या ३ हजार ३५८ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा १ हजार ८८२ जना पुरुष र १ हजार...
रवि लामिछानेले गराए चितवन–२ बाट मनोनयन दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् । उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताउँदै मनोनयन दर्ता गराएको जानकारी दिउ । उम्मेदवारी दिएपछि लामिछानेले आफूलाई विगतमा चितवनले लगाएको गुण तिर्न चाहेको बताए । उनले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई...
साँढे १२ हजारभन्दा बढी भोटले चुनाव जित्छु: विरोध खतिवडा
मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नम्वर–२ बाट उम्मेदवारी दर्ता गराएका विरोध खतिवडाले यस पटक विगतमा भन्दा धेरै सजिलोसँग चुनाव जित्ने बताएका छन् । मनोनयन दर्ता गरेपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै खतिवडाले २०७४ को निर्वाचनमा १२ हजार ५ सय बढी ल्याएर चुनाव जितेकोमा यस पटक...
प्रधानमन्त्रीले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता
डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । आरजु, जिल्ला सभापति भीबबहादुर साउदलगायतका नेताले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएका हुन्...
मकवानपुरमा गठबन्धनका उम्मेदवारहरुले गराए मनोनयन दर्ता
मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागिसत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा महालक्ष्मी उपाध्याय (डीना) र क्षेत्र नम्वर– २ मा विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नम्वर १ (क) बाट प्रेमबहादुर पुलामीले उम्मेदवारी दिएका...










