समाचार
मकवानपुरमा २४ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै थाहा नगरपालिकाका रहेका छन् । त्यहाँ २० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका २/२ जनालाई डेंगु संक्रमण पुष्टि भएको...
आसन्न निर्वाचन : मकवानपुरमा परेन उम्मेदवारीमाथि उजुरी
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका मकवानपुरका कुनै पनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिृकतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन अन्तरगत आइतबार उम्मेदवारी दिएका उम्मेदवारमाथि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि मकवानपुरमा एउटा...
मकवानपुरको भीमफेदीमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको भीमफेदीमा खोलाले बगाएको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ८ इपा खोलाले बगाएको अवस्थामा अन्दाजी ३२ वर्षीय एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त शवको हाल सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीमा...
हेटौंडाको एक बुटिकमा आगोलागी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ संगम चोकस्थित एक बुटिकमा आज बिहान आगलागी भएको छ । अन्दाजी १ः३० बजेको समयमा कृति ग्लानले संचालन गरेको सम्बन्ध बुटिकमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त पसलमा रहेको ईलोक्ट्रोनिक मेशिनबाट आगोलागी भएर आगलागी भएको मकवानपुर प्रहरी...
हेटौंडाका दुई युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउृ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ३२ वर्षीय बुद्ध गोङबा र २६ वर्षीय इन्द्रबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी...
मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु
मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका हुन् । उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । उक्त घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।
कारको ठक्करबाट महिलाको मृत्यु
दाङ । दाङमा कारको ठक्करको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० चारबगियाकी ७५ वर्षीया कुँवारी उपाध्याय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार साँझ ६ बजेतिर हापुरदेखि नारायणपुरतर्फ आउँदै गरेको कारले उपाध्यायलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट...
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
मोरङ । मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका–१ घर भएका ३९ वर्षीय उत्सव आचार्य रहेका छन् । आचार्यलाई हाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, मोरङ ग्रामथान गाउँपालिका(२ स्थित ससुराली घर...
आसन्न निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने छ । कुनै उम्मेदवार कानूनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । त्यसको लागि आज...
मकवानपुरमा प्रदेश सभातर्फ ४३ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । मकवानपुरमा प्रदेश सभातर्फ चार क्षेत्रका लागि दल र स्वतन्त्र गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तरगत मकवानपुरमा ४३ जनाले प्रदेश सभातर्फ उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ (क)...








