मकवानपुरमा प्रदेश सभातर्फ ४३ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । मकवानपुरमा प्रदेश सभातर्फ चार क्षेत्रका लागि दल र स्वतन्त्र गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तरगत मकवानपुरमा ४३ जनाले प्रदेश सभातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेशसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ (क) बाट हाम्रो नेपाली पार्टीबाट किशोर राना, नेमकिपाबाट काशीलाल प्रजापति, नेपाली कांग्रेस (बीपी)बाट कर्णबहादुर थिङ, राप्रपाबाट सागर थापा, सत्ता गठबन्धनबाट प्रेमबहादुर पुलामी, सचेत नेपाली पार्टीबाट सोमबहादुर योञ्जन, जनता समाजवादी पार्टीबाट मेजर मान मोक्तान, एमालेबाट कमल बहादुर विष्ट, स्वतन्त्रबाट ठेडबहादुर पुजारी मगर र जीवन गोलेले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, प्रदेश सभातर्फ १ (ख) मा हाम्रो नेपाली पार्टीबाट किशोर अर्याल, नेमकिपाबाट रमेश मान सिंह, सत्ता गठबन्धनबाट कांग्रेसका आन्दराम पौडेल, कांग्रेस (बीपी)बाट रमेश ढकाल, राप्रपाबाट गुञ्जनबहादुर न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट नवराज भ्लोन, सचेत नेपाली पार्टीबाट प्रदिप कुमार महर्जन, जनता समाजवादी पार्टीबाट दीपक सिन्तान, एमालेबाट एकलाल श्रेष्ठ, स्वतन्त्रबाट प्रकाश घिमिरे, कृष्ण केसी, लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम, लक्ष्मी अधिकारी लामिछानेले उम्मेदवारी दिएका छन् ।
यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) का लागि नेपाल मजदुर किसान पार्टीबाट गंगालक्ष्मी वैद्य, एमालेबाट विष्णु प्रसाद ढकाल, सचेत नेपाली पार्टीबाट, ध्रुब प्रसाद दाहाल, स्वतन्त्रबाट सगुन कुमार ढकाल, पदम बहादुर लामा, प्रमोद गोपाली, सत्ता गठबन्त्रधनबाट माओवादी केन्द्रकी कुमारी मोक्तान र राप्रपाबाट राम बहादुर घलेले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर–२ (ख)का लागि राप्रपाबाट बद्रिबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशनबाट युनिश मोक्तान, कांग्रेस (वीपी)बाट पदम बहादुर तितुङ, सचेत नेपाली पार्टीबाट कृष्णप्रसाद आचार्य, एमालेबाट लालबहादुर थापा, सत्ता गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बानियाँ, जनता समाजवादी पार्टीबाट पुंगनाथ तिमल्सिना, स्वतन्त्रबाट खुशीलाल प्रजा, रामहरी सुवेदी र शान्ति दाहालले उम्मेदवारी दिएका छन् ।
