हेटौंडाको एक बुटिकमा आगोलागी

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार १५:४५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ संगम चोकस्थित एक बुटिकमा आज बिहान आगलागी भएको छ । अन्दाजी १ः३० बजेको समयमा कृति ग्लानले संचालन गरेको सम्बन्ध बुटिकमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त पसलमा रहेको ईलोक्ट्रोनिक मेशिनबाट आगोलागी भएर आगलागी भएको मकवानपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको हो ।

उक्त आगोलागीबाट एक लाख ७० हजार बराबरको सामान जलेर नष्ट भएको छ । आगोलागीबाट ईलोक्ट्रोनिक मेशिन र सिलाईको लागि राखिएको कपडाहरु जलेर नष्ट भएको हो ।