समाचार

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

सुर्खेत । सुर्खेतमा चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो । छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालmे जनाएको छ ।...

हत्या आरोपमा एक महिलासहित ३ जना पक्राउ

झापा । झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको मनसुनमा हाल हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । आज दिउँसो प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम...

आज उम्मेदवारहरुको नामावली सार्वजनिक हुने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज सार्वजनिक हुने भएको छ । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । सोमबार उम्मेदवारविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती...

माओवादी केन्द्रका जिल्ला सदस्य एमालेमा प्रवेश, कमल थापाले गरे स्वागत

मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका सदस्य शंकर राउत नेकपा एमाले प्रवेश गरेका छन् । एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको जनवर्गीय संगठनसँग उम्मेद्वारहरुको अन्तरक्रिया कार्यक्रममा राउत एमाले प्रवेश गरेका हुन् । वाईसियल नेपाल मकवानपुरको पूर्व जिल्ला उपाध्यक्षसमेत रहेका राउत विभिन्न सामजिक संघसस्थामा समेत आवद्ध छन्...

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आइतबार डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको लागि मनोनय दर्ता गराएका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो । उनीविरुद्ध डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले...

पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

हुम्ला । हुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो । मृत्यु हुनेहरुमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक र...

डेंगु संक्रमणका कारण ४४ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगु संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । संक्रमणका कारण गत साउनयता ४४ जनाकाृ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । मन्त्रालयका अनुसार, हालसम्म ३३ हजार ९७५ जना डेंगु...

२७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक ४४ अंकले बढेको शेयर बजार आज २७ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर किनबेच हुँदा...

थप २७ जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि...