समाचार

क्लबका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र जिल्ला प्रहरी परिसर,...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या साढे २७ हजार नाघ्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या साढे २७ हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि हालसम्म २७ हजार ५३८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन्...

लोक सेवाले सहसचिव र उपसचिव पदको विज्ञापन खुलायो

काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगले ११२ सहसचिव पदमा र ३२१ उपसचिव पदमा गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुल्ला गरेको हो । आयोगले उक्त पदमा दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म तोकेको छ ।...

एकीकृत समाजवादीद्वारा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारी फिर्ता निल निर्देशन दिएको छ । पार्टीका महासचिव बेदुराम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका...

पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन

मकवानपुर । पहिरोका कारण अवरुद्ध मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदखि यातायात संचालनमा आएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ सिस्नेरीमा आएको पहिरोका कारण गत आइतबारदेखि अवरुद्ध बनेको उक्त सडकखण्डमा यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । पहिरो खसेका कारण यातायात संचालनमा ल्याउन समय लागेको...

आज उम्मेदवारी फिर्ता लिनेदेखि चुनाव चिन्ह्र प्रदान गर्नेसम्मको कार्यतालिका

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी...

कर्णालीमा बाढीपहिरोमा परेर ३३ जनाको मृत्यु

सुर्खेत । दसैँदेखिको निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४/४, जाजरकोटमा ३, डोल्पा र सल्यानमा २/२ जनाको मृत्यु भएको हो । यस्तै, दैलेखमा एक...

सत्ता गठबन्धनद्वारा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन

काठमाडौं । सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको...

मकवानपुरमा एकैदिन २२२ जना डेंगु संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २२२ जनामा डेंगु संक्रमितका बिरामी फेला परेका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ २०२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, थाहा नगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिका र अन्य जिल्लाका एक÷एक जनालाई...