समाचार
सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मकवानपुर । बलात्कार अभियोगमा हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान...
नगद ९ लाखसहित एक भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले ९ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया–६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन् । प्रहरीले उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार, बुधबार...
बाराही हाइड्रोले कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । सो शेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको...
सन्दीपलाई म्याद थपका लागि आज अदालतमा लगिँदै
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा गत असोज २० गते पक्राउ परेका उनलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो । गत सोमवार असोज २० गतेबाट लागू हुने गरी उनलाई ७...
आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित...
मकवानपुरमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले टोक्दा गम्भीर बिरामी भएका थिए । उनको उपचारको...
मकवानपुरमा सवारी दुर्घटना हुँदा ८ जना घाइते
मकवानपुर । मकवानपुरको चार छुट्टाछुट्टै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका र भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार २ः४० बजेको समयमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित...
भिरबाट लडेर मकवानपुरकी मगरको मृत्यु
मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेत बस्ने ३२ वर्षीय समिता राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार घर देखी १ किमी उत्तरतर्फको जंगलमा घाँस काट्न गएकी उनको भिरबाट लडेर घटनास्थलमै मृत्यु...
१९ करोडको प्याज आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो २ महिनामा नेपालमा १९ करोड रुपैयाँ बराबरको प्याज भित्रिएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार, साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको प्याज भित्रिएको हो । यस अवधिमा भारतबाट ४९ लाख २८ हजार किलोग्राम र चीनबाट २१ हजार १०० किलोग्राम प्याज...
थप ५१ जनामा कोरोना संक्रमण
काठमाडौं । देशभर थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७२३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको...









