भिरबाट लडेर मकवानपुरकी मगरको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार ०८:४५
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेत बस्ने ३२ वर्षीय समिता राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार घर देखी १ किमी उत्तरतर्फको जंगलमा घाँस काट्न गएकी उनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृतक मगरको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको उनले बताए ।