समाचार

मकवानपुरमा एकैदिन १५८ जना डेंगु संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १५८ जनामा डेंगु संक्रमितका बिरामी फेला परेका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ १४४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिका ३ जना, मनहरी गाउँपालिकाका ५ जना, भीमफेदी र बकैया...

एकै परिवारका तीन जना मृत अवस्थामा फेला

वीरगञ्ज । बारामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत फेला पर्नेहरुमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको...

दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित

पोखरा । मनाङबाट प्रदेश सभा सदस्यमा दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनी मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि निर्विरोध भएका हुन् । गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेले...

अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने

काठमाडौं । गृह मन्त्रालयले सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सूचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दैै कारवाही गर्ने जानकारी गराएको हो ।...

दुर्घटनामा परेर एक जनाको मृत्यु, ३ जना घाइते

दाङ । बाँकेमा टाटासुमो जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडा रहेका छन् । मृतक खतिवडा जीप चालक रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ७ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर...

शेयर बजारमा ११ अंकको सुधार

काठमाडौं । आज साताको चौथो दिन अर्था बुधबार शेयर बजारमा आज सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.३६अंकले बढेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३७ हजार...

डाक्टर पाठक मृत अवस्थामा फेला

काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक मृत अवस्थामा फेला परेकी छन् । जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई ललितपुरको इमाडोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । यस्तै, सुसाइट नोटसमेत फेला पारेको...

मकवानपुरमा कसैले पनि लिएनन् उम्मेदवारी फिर्ता, चुनाव चिन्ह्र आजै प्रदान गरिने

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका मकवानपुरका ६९ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । निर्वाचन आयोगले आज इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको भएपछि मकवानपुरका विभिन्न पदमा मनोनयन गराएका उनीहरुले उम्मेदवारी फिर्ता...

हेटौंडाका युवकसहित दुई जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले मंगलबार राति ११ः ५० बजेको समयमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्वर १६ बस्ने २६ वर्षीय पप्पु कुमार कुशहवा र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकिटोल बस्ने १९ वर्षीय निकेश पुडासैनी रहेका छन् । उनीहरुलाई हेटौंडा–१ जरुवा...

नालामा खसेर एक जनाको मृत्यु

रौतहट । चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चौकस्थित निर्माणाधीन नालाको खाल्डोमा खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको खाल्डोमा खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ देवाही निवासी रामएकबाल साह तेली रहेका छन्...