समाचार
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । उक्त बैठकमा आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध...
निर्वाचन आयोग : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ) को मतपत्र छपाइ सुरु भएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको प्रबन्ध मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, मतपत्रमा उम्मेदवारको...
मकवानपुरका पत्रकारको निःशुल्क आँखा परीक्षण
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार हेटौंडामा निःशुल्क आँखा शिविर संचालन गरेको छ । महासंघले विश्व दृष्टि दिवसको अवसरमा जिल्लाका पत्रकारहरुलाई लक्षित गरी आँखा शिविरको आयोजना गरेको संघका अध्यक्ष मणिराज गौतमले जानकारी दिए । महासंघले हेटौंडा सामूदायिक आँखा अस्पतालको समन्वयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म शिविर संचालन...
मकवानपुरमा एकैदिन १६२ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १६२ जनामा डेंगु संक्रमितका बिरामी फेला परेका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ १४२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिका ९ जना, मनहरी गाउँपालिकाका ८ जना, भीमफेदी गाउँपालिकाका २...
नक्कली चिकित्सक पक्राउ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले एक जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महातारा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ का घर भई वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ वर्षीय डिलबहादुर महतारा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, वीरेन्द्रनगरकै एक...
थपिए ५१ जना कोरोना संक्रमित, भए २१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ७८६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा निर्वाचनको तयारी र पार्टीका पछिल्ला गतिविधिबारे छलफल हुनेछ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश...
शेयर बजारमा सामान्य सुधार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले सुधार आएको छ । पछिल्ला दुई दिनयता सुधार आएको शेयर बजारमा आज पनि सुधार देखिएको हो । आज नेप्से परिसूचक ४४.१५ अंकले बढेर १८७० विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२२ कम्पनीको २६ लाख...
मकवानपुरमा मिनी ट्रकमा आगलागी
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा गएराति रोकिराखेको मिनि ट्रकमा आगलागी भएको छ । थाहा नगरपालिका वडा नम्वर २ गैरीगाउँको भित्री सडकमा बिग्रेर रोकेर राखेको बागमती प्रदेश–०१–००६ ख ३२८९ नम्वरको मिनि ट्रकमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, आगलागीबाट...
हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीस्थित राक्सिङ देवकोट सडकखण्डबाट लागूऔषध गाँजा १२ किलो ५०० ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा क्रमशः भारतको मोतिहारी बलहि गाउँ बस्ने बर्ष ३५ को रमेस माझी,...









