थपिए ५१ जना कोरोना संक्रमित, भए २१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ७८६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही समयमा २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । आज थपिएसँगै देशभर सक्रमितको संख्या ६२२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
