समाचार

नदीले बगाउँदा पुरूष बेपत्ता

बुटवल । बुटवलको तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ११ सिरानगाउँबाट तिनाउ नदी तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बुटवल–११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल बेपत्ता भएका हुन् । नदीले बगाउँदा बेपत्ता भएका उनको खोजी भइरहेको जनाइएको छ । अर्याल लुम्बिनी प्रादेशिक...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३० हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि शुक्रबार ३ हजार ३७३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् ।...

लागूऔषधसहित भरतपुरबाट चार पक्राउ

चितवन । प्रहरीले चितवनको भरतपुरबाट विभिन्न लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । शुक्रबार भरतपुर बसपार्कचोकबाट अवैध लागूऔषध र भारतीय कारसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९...

बागमती प्रदेश योजना आयोगद्वारा कानूनी मस्यौदाहरू हस्तान्तरण

मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारलाई विभिन्न ४ वटा कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज हस्तान्तरण गरेको छ । योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्तले शुक्रबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई उक्त कानूनी मस्यौदा हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका मस्यौदा दस्तावेजहरुमा प्रदेश नीति...

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनीका केशव डाँगीको ४ वर्षीय छोरा स्मार्ट डाँगी रहेका छन् । शुक्रबार साढे चार बजेको समयमा हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका...

अरिङ्गालको टोकाइबाट एकको मृत्यु

खोटाङ । खोटाङमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । अरिङगालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको प्रहरीले जनाउको छ । प्रहरीका अनुसार, शुक्रबार बाटो हिँडिरहेको अवस्थामा बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो । मृतक...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भ–(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको...

समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु गरेको छ । पहिलो चरणमा ८ जिल्लामा मतपत्र ढुवानी गरिएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौड्यालले  जानकारी दिए । पहिलो चरणमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा मतपत्र ढुवानी गरिएको हो । अन्य जिल्लामा क्रमशः मतपत्र ढुवानीको...

हेटौंडामा यात्रुसँग बढी भाडा लिने ५ जना प्रहरीको फन्दामा

मकवानपुर । हेटौंडामा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पुरानो मकवानपुर रोडबाट काठमाडौं जाने यात्रुहरुसँग तोकिएको दर भन्दा बढी भाडा लिईरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ...

तीन महिनापछि खुल्यो त्रिविको ताला

काठमाडौं । लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनापछि त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला बिहीबार खोलिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । गत असार २७ गतेदेखि रेक्टर, शिक्षाध्यक्ष कार्यलयमा र उपकुलपतिको सचिवालय र कार्यकक्षमा नेविसंघ त्रिवि इकाइले ताला लगाएको...