नदीले बगाउँदा पुरूष बेपत्ता
बुटवल । बुटवलको तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ११ सिरानगाउँबाट तिनाउ नदी तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बुटवल–११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल बेपत्ता भएका हुन् ।
नदीले बगाउँदा बेपत्ता भएका उनको खोजी भइरहेको जनाइएको छ । अर्याल लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथ व्यवसाय संचालन गर्थे।
