बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो
मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३० हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि शुक्रबार ३ हजार ३७३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा १२ हजार १०२ जना डेंगु संक्रमितका बिरामी फेला पदार्त रसुवामा भने ७ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।
यसैगरी, ललितपुरमा ८ हजार ५५४, मकवानपुरमा ३ हजार ९३३, भक्तपुरमा २ हजार ४७५, चितवनमा १ हजार ३८९, धादिङमा १ हजार ८६, काभ्रेमा २२०, नुवाकोटमा १३४, सिन्धुलीमा १२५, रामेछापमा १२५, सिन्धुपाल्चोकमा १४८ र दोलखामा ७५ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३÷३ जना, ललितपुर, मकवानपुर र चितवनका २÷२ जना, भक्तपुर र धादिङका १/१ जना रहेका छन् ।
