मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २९, शनिबार ०९:१०
file photo

दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनीका केशव डाँगीको ४ वर्षीय छोरा स्मार्ट डाँगी रहेका छन् ।

शुक्रबार साढे चार बजेको समयमा हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए ।

घाइते बालकको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।