यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०७९ आश्विन २९, शनिबार ०८:४९
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भ–(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।