समाचार
दुर्घटनामा परेर पैदलयात्रीको मृत्यु
वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटनामा परेर एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरिया नगरपालिका–१ वनकटुवा बस्ने ६० वर्षीय विगा राम रहेका छन् । बुधबार बिहान १० बजे पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्वर २४ बहुअरी चोकमा लरीको ठक्करबाट रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ...
डेंगु संक्रमणका कारण ४७ जनाको मृत्यु
काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ । गत साउन महिनादेखि हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि...
मतदाता शिक्षालाई बृहत्तर बनाइने
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा शुक्रबार मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन...
हेटौंडाका दुई युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटांैडा उपमहानगरपालिका वडा नम्वर ४ गर्दयी बस्ने ३२ वर्षीय अनिल श्रेष्ठ र २५ वर्षीय अरमान अंसारी रहेका छन् । उनीहरुलाई लागूऔषध कोडिवेल १२ बोलसहित पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बाट पक्राउ गरेको...
अब एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने
काठमाडौं । अबदेखि एक जना व्यक्तिले प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार, एक व्यक्तिको नाममा दुई वटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, अबदेखि एकवटा मोबाइल...
शैक्षिक सत्र २०७९ को एसईईको परीक्षा चैत्र दोस्रो हप्तादेखि हुने
मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ को कक्षा १० को माध्यामिक शिक्षा परीक्ष (एसईई) यही चैत्र दोस्रो हप्ता गर्ने तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा संचालन चैत्रको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने जनाएको हो । कार्यतालिका अनुसार, प्रदेशले कक्षा १०...
देशभरको मौसममा सुधार
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा...
निर्वाचन आयोग : खर्च विवरण संकलन गरिने
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ । आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे...
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
काठमाडौं । रामपुर नगरपालिका–५ सानीअमराईमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनी रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी...








