मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
काठमाडौं । रामपुर नगरपालिका–५ सानीअमराईमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनी रहेका छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु ६८ प ९९९४ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
