डेंगु संक्रमणका कारण ४७ जनाको मृत्यु
काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ । गत साउन महिनादेखि हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
