देशभरको मौसममा सुधार

तु खबर संवाददाता
२०७९ आश्विन २८, शुक्रबार ०८:५३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ का एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।