हेटौंडामा यात्रुसँग बढी भाडा लिने ५ जना प्रहरीको फन्दामा
मकवानपुर । हेटौंडामा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पुरानो मकवानपुर रोडबाट काठमाडौं जाने यात्रुहरुसँग तोकिएको दर भन्दा बढी भाडा लिईरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका–१ बस्ने २२ वर्षीय अनिल साह कलवार, हेटौडा–२ मानसचोक बस्ने २२ वर्षीय रोहित थापा, हेटौंडा–४ कमलडाँडा बस्ने २० वर्षीय निकेश लामा, हेटौंडा–१० भुटनदेवी बस्ने १८ वर्षीय निशान श्रेष्ठ र सोही वडा बस्ने ३५ वर्षीय आकाश लामा रहेका छन् । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
