कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । उक्त बैठकमा आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् ।
