कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार १६:४१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, बैठकमा निर्वाचनको तयारी र पार्टीका पछिल्ला गतिविधिबारे छलफल हुनेछ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।