शेयर बजारमा सामान्य सुधार

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार १६:११

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले सुधार आएको छ । पछिल्ला दुई दिनयता सुधार आएको शेयर बजारमा आज पनि सुधार देखिएको हो । आज नेप्से परिसूचक ४४.१५ अंकले बढेर १८७० विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२२ कम्पनीको २६ लाख ९८ हजार ३४७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । तुलनात्मक रुपमा आज कारोबार रकम पनि केही माथि उचालिएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर सूचक बाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको १.५३ प्रतिशतले बढेको छ ।