डाक्टर पाठक मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १५:४२
सांकेतिक तस्वीर

काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक मृत अवस्थामा फेला परेकी छन् । जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई ललितपुरको इमाडोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । यस्तै, सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।