शेयर बजारमा ११ अंकको सुधार

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १५:५०

काठमाडौं । आज साताको चौथो दिन अर्था बुधबार शेयर बजारमा आज सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.३६अंकले बढेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड र व्यापार समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक फाइनान्स समूहको २.६८ प्रतिशत र विकास बैंक समूहको २.०९ प्रतिशतले बढेको छ ।