दुर्घटनामा परेर एक जनाको मृत्यु, ३ जना घाइते

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १५:५७
File Photo

दाङ । बाँकेमा टाटासुमो जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडा रहेका छन् । मृतक खतिवडा जीप चालक रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ७ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर बाँकेको राप्ती सोनारी गाउँपालिका–२ झुरीखोलामा बागमती प्रदेश ०१–०२८ च ००४४ नम्वरको जीप दुर्घटनामा परेर घाइते भएका तीन जनामध्येमा वीरन्द्रनगर नगरपालिका–७ का २२ वर्षीय शिसिर ज्ञावलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यस्तै, अन्य घाइते हुनेहरुमा मृतक खतिवडाका दुई छोरी १६ वर्षीया रञ्जना र २३ वर्षीया सुमिता खतिवडा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेका छन् । घाइते तीनै जनाको अहिले घोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उक्र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।