मकवानपुरमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार ०९:४२

मकवानपुर । मकवानपुरमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले टोक्दा गम्भीर बिरामी भएका थिए । उनको उपचारको क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाउव उपरीक्षक टेकबहादुर कार्कीले जनाएको छ ।