कर्णालीमा बाढीपहिरोमा परेर ३३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २५, मंगलवार १८:१०
file photo

सुर्खेत । दसैँदेखिको निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४/४, जाजरकोटमा ३, डोल्पा र सल्यानमा २/२ जनाको मृत्यु भएको हो ।

यस्तै, दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, अनुसार २२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा धेरैजसो कालिकोटका रहेका छन् । यस्तै, बाढी र पहिरोमा परेर २१ जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोटका ७ जना रहेका छन् भने मुगु र हुम्लाका ५र५ जना रहेका छन् । यस्तै, जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएका छन् ।

वर्षाका कारण प्रदेशका ४ सय ८० घर परिवार विस्थापित भएका छन् । तथ्याङ्क अनुसार, सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्थापित भएका छन् । मुगुका १७८, जुम्लामा ८६, कालिकोटमा ४८, हुम्ला ४०, सल्यानमा ९, सुर्खेतमा ८, डोल्पामा ४ र जाजरकोट र रुकुम पश्चिममा २र२ वटा घरहरू विस्थापित भएका छन् ।