मकवानपुरमा २४ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै थाहा नगरपालिकाका रहेका छन् । त्यहाँ २० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका २/२ जनालाई डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ३ हजार ३८२ जना पुगेको छ । जसमध्ये १ हजार ८९६ जना पुरुष र १ हजार ४८६ जना महिला रहेका छन् ।
जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
