कारको ठक्करबाट महिलाको मृत्यु
दाङ । दाङमा कारको ठक्करको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० चारबगियाकी ७५ वर्षीया कुँवारी उपाध्याय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार साँझ ६ बजेतिर हापुरदेखि नारायणपुरतर्फ आउँदै गरेको कारले उपाध्यायलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
