जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
मोरङ । मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका–१ घर भएका ३९ वर्षीय उत्सव आचार्य रहेका छन् ।
आचार्यलाई हाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, मोरङ ग्रामथान गाउँपालिका(२ स्थित ससुराली घर गएका आचार्यले गत शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
