संविधानको रक्षाका लागि गठबन्धन गरेका हौँः इन्द्रबहादुर बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् व्यवस्थाको स्थायीत्वको लागि आसन्न निर्वाचनमा गठबन्धन गरेर चुनावमा जान लागेको बताएका छन् ।
मकवानपुर क्षेत्र नम्वर–२ को प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गरेपश्चात पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बानियाँले दीगो विकास, आर्थिक समुन्नती, जनताको शान्ति सुरक्षा र अमन चयनको लागि आफुहरु गठबन्धनमार्फत् चुनावमा जान लागेको बताए ।
‘हामी सत्य र न्यायको पक्षमा, गरिब दुखी र सर्वहाराको पक्षमा, काम गर्न जान लागेका हौँ । संविधान मिच्न खोज्ने, जनतामाथि नै प्रहार गर्नेका विरुद्ध गठबन्धन गरिएको हो ।’ उनले भने ।
