राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार १८:०४
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विभिन्न ३ विधेयक प्रमाणीकरण गरेकी छन् । संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण भएका विधेयकमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक व्यवस्थापनसम्बन्धी कनुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।