मकवानपुरमा गठबन्धनका उम्मेदवारहरुले गराए मनोनयन दर्ता

मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागिसत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा महालक्ष्मी उपाध्याय (डीना) र क्षेत्र नम्वर– २ मा विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै क्षेत्र नम्वर १ (क) बाट प्रेमबहादुर पुलामीले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्वर २ (क) बाट कुमारी मोक्तान र (ख) बाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका हुन् ।
उनीहरुले संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।
क्षेत्र नम्वर १ (ख) बाट भने आनन्दराम पराजुलीले सुटुक्क उम्मेदवारी दिएका हुन् ।