मकवानपुरमा कुन दलले कति बजे गर्दैछन् उम्मेदवारी दर्ता ?
मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दलहरुको लागि समय निर्धारण गरिएको छ । निर्वाचन अधिकृतको कार्यलय बागमती प्रदेश, हेटौंडाले दलहरुका लागी समय निर्धाण गरिएको जनाएको छ ।
शनिवार निर्वाचन अधिकृतको कार्यलयमा भएको सर्वदलीय बैठकले समय निर्धारण गरेको प्रतिनिधि सभा क्षेत्र नम्वर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय भएपनि सहजताका लागी प्रमुख दलहरुले मागे अनुसारको समय उपलब्ध गराइएको छ । दलहरुको सहमती अनुसार नै सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका लागी उम्मेदावरी दर्ताको समय साँढे तीन बजे निर्धारण गरिएको छ ।
त्यस्तै गठबन्धनकै अर्का दुई घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले अपरान्ह ४ बजेलाई समय माग गरेका छन् ।
यस्तैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका लागी उम्मेदावारी दर्ताको समय २ बजे तोकिएको अधिकृत भट्टराईले जानकारी दिए ।
राप्रपा नेपाल र राप्रपाले भने दिउँसो १ बजेको समयमा उम्मेदावारी दर्ता गर्ने समय तोकिएको छ भने नेकपा मालेका लागी ३ बजे उम्मेदावारी दर्ता गर्ने समय निर्धारण गरिएको अधिकृत भट्टराईको भनाई छ ।
उम्मेदवारी दर्ता प्रकृयालाई सहज र व्यवस्थापन गर्न समय तालिका निर्धारण गरिएको भएपनि उम्मेदवारहरुले तोकिएको समय भित्र जुनसुकै बेला निर्वाचन अधिकृतको कार्यलयमा उपस्थिति भएर मापदण्ड पुरा गरि उम्मेदावारी दर्ता गर्न सक्ने जनाइएको छ ।
