मनोनयनपत्र दर्ता गर्दा के–के कागजात चाहिन्छ ?

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार ०९:३२

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मनोनयन पत्र आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

मनोनयन दर्ताका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा आवश्यक रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै स्वघोषणा, दलको उम्मेदवारको हकमा सम्बन्धित दलको औपचारिक पत्र, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम र उम्मेदवारको वैयक्तिक विवरण अनिवार्य रहेको आयोगले जनाएको छ ।