कांग्रेसले यो वर्षको चियापान कार्यक्रम नगर्ने

तु खबर संवाददाता
२०७९ आश्विन २१, शुक्रबार १३:१७

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष दसैंको अवसरमा गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूपर्णमाको दिन दसैंको अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेकोले चियापान नगरिने जानकारी गराएका हुन् ।

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए पछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान कार्यक्रम गर्दै आएको छ ।