हत्याको आरोपमा मकवानपुरकी महिलासहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगक संचालकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गार्मेन्ट उद्योगक संचालक सर्लाहीका मोहम्मद दर्जीको हत्या गरेको आरोपमा मकवानपुरका एकसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्जका २१ वर्षीय महोरम मिया, सोही जिल्लाका १९ वर्षीय रेहान मिया र मकवानपुरको बकैया घर भई काठमाडौँ बस्ने सुमी भन्ने सुस्मिता स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये महोरम र रेहान भने सो घट्नाका योजनाकार र हतियार व्यवस्थापक रहेको खुल्न आएको छ भने स्याङतान दर्जीको गतिविधि निगरानी गर्ने कार्यमा सङ्लग्न रहेको पाइएको छ ।
उनीहरु यसअघि चोरी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरेका व्यक्ति खुलेको छ । उनीहरुविरुद्ध ‘मुलुकी अपराधसहिता २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेक जनाएको छ ।
असोज ३ गते गोठाटारमा मोहम्मदको गोली हानी हत्या भएको थियो । गोली लागेर गम्भीर घाइते भएका मोहम्मदको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
