आज फूलपाती भित्राइँदै, हेटौंडाको भुटनदेवी मन्दिरमा भक्तजनहरुको भिड (फोटोफिचर)
मकवानपुर । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।
सोही अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड देखिएको छ । नवरात्रको आज सातौ दिन अर्थात फूलपाती विभिन्न स्थानबाट पुजाआजा गर्न हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको उक्त मन्दिरमा बिहानैदेखि भिड देखिएको हो ।
भिडलाई नियन्त्रण गर्नका लागि बिहानैदेखि प्रहरीको टोली त्यहाँ पुगेका छन् । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्नुपर्दछ ।
हेर्नुहोस फोटो ।













