बागमती प्रदेशको ४३ सिटमा कांग्रेसको दाबी

तु खबर संवाददाता
२०७९ आश्विन १४, शुक्रबार ०९:३४

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिटमध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको हो ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको बताए ।

कांग्रेसले बागमती प्रदेशमा माओवादीलाई १५ र एकीकृत समाजवादीलाई ८ सिटको प्रस्ताव गरेको छ । गठबन्धनलाई जिताउन जित्ने ठाउँमा मात्रै लिन माओवादी र एकीकृत समाजवादीलाई आग्रह गरिएको सभापति बानियाँको भनाइ छ ।