मकवानपुरमा थप ९३ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, थाहानगरपालिकाका १९ जना, मकवानपुरगढी, कैलाश र इन्द्रसरोवर गाउँपालिकाका १/१ जना, मनहरी गाउँपालिकाका २२, राक्सिराङ गाउँपालिकाका ३ जना, हाल ठेगाना नखुलेका २ जना र अन्य जिल्लाका १ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २ हजार ९६९ जना पुगेको छ । जसमध्ये १ हजार ६६९ जना पुरुष र १ हजार ३०० जना महिला रहेका छन् ।
जिल्ला उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
