देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १०७७ पुग्यो

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार १७:१०
file-photo

काठमाडौं । हाल देशभर कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमित १ हजार ७७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ४५ जना संक्रमित थपिएसँगै सक्रिय संक्तमितको संख्या १ हजार ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा २ हजार ६७८ जनामा गरिएको परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु भएको छैन ।