थप ५४० जनामा डेंगु संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार १६:५७
file-photo

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकैैदिन २ जनाको मृत्यु भएको छ भने ५४० जनामा डेंगु संक्रमित थपिएका छन् ।

योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार, साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्लामा संक्रमितको बिरामी देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जना, गण्डकीमा ६ सय ७७ जना, मधेश प्रदेशमा ४१३ जना र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।