आफ्नै भतिजको हत्या गरेको आरोपमा काका पक्राउ
धनुषा । धनुषामा आफ्नै ४ वर्षीय भतिज अनुष पासवानको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनलाई भतिज हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि कारबाही तथा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
